Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

माघ १५, मंगलबार, २०८१ को राशिफल हेर्नुहोस्

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन अध्ययन, लेखन र ज्ञान वृद्धिका लागि शुभ रहनेछ। पारिवारिक सहयोगले उत्साह बढ्नेछ। सानो सल्लाहले ठूलो काम सम्पन्न गर्न सकिन्छ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक मान–सम्मान र प्रतिष्ठा वृद्धि हुने समय छ। तर, आर्थिक हिसाबले सोचविचार गरेर अघि बढ्नुहोस्। काममा सफलता प्राप्त हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

तपाईंको निर्णय क्षमतामा सुधार आउनेछ। साथीभाइ र आफन्तको सहयोग पाइनेछ। व्यापारमा मनग्य लाभ हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा दुविधा र बेचैनी अनुभव हुनसक्छ। तर, धैर्यताका साथ काम गरेमा सफलता अवश्य मिल्नेछ। धार्मिक क्षेत्रमा आकर्षण बढ्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक हिसाबले मध्यम दिन छ। लगानी गर्दा सावधानी अपनाउनुहोस्। सामाजिक कार्यमा सक्रिय हुनुहोला।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सकारात्मक सोच र काम गर्ने जोशले नयाँ उपलब्धि हासिल गर्न सक्नुहुन्छ। शत्रुहरूले पनि सहयोग गर्ने संकेत छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन मनोरञ्जन र पारिवारिक खुसीमा बित्नेछ। जीवनसाथीसँग सम्बन्ध प्रगाढ बन्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ काम थाल्नका लागि राम्रो समय छ। आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक लाभको सम्भावना छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो कार्यमा दृढता राख्नुहोस्। परिश्रमको उचित फल पाइनेछ। व्यावसायिक यात्राको सम्भावना छ।


मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

आफ्ना विचार व्यक्त गर्दा सावधानी अपनाउनुहोस्। घरायसी कुरामा समय बित्नेछ। काममा बाधा भए पनि सफलता हात लाग्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन नयाँ योजना बनाउन अनुकूल हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विद्यार्थीका लागि आजको दिन विशेष लाभदायक देखिन्छ। घरपरिवारमा खुशीको माहोल सिर्जना हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


शुभ दिन ।


  • Jigyasa media

थप