Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

माघ १५, मंगलबार, २०८१ को राशिफल हेर्नुहोस्

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन अध्ययन, लेखन र ज्ञान वृद्धिका लागि शुभ रहनेछ। पारिवारिक सहयोगले उत्साह बढ्नेछ। सानो सल्लाहले ठूलो काम सम्पन्न गर्न सकिन्छ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक मान–सम्मान र प्रतिष्ठा वृद्धि हुने समय छ। तर, आर्थिक हिसाबले सोचविचार गरेर अघि बढ्नुहोस्। काममा सफलता प्राप्त हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

तपाईंको निर्णय क्षमतामा सुधार आउनेछ। साथीभाइ र आफन्तको सहयोग पाइनेछ। व्यापारमा मनग्य लाभ हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा दुविधा र बेचैनी अनुभव हुनसक्छ। तर, धैर्यताका साथ काम गरेमा सफलता अवश्य मिल्नेछ। धार्मिक क्षेत्रमा आकर्षण बढ्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक हिसाबले मध्यम दिन छ। लगानी गर्दा सावधानी अपनाउनुहोस्। सामाजिक कार्यमा सक्रिय हुनुहोला।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सकारात्मक सोच र काम गर्ने जोशले नयाँ उपलब्धि हासिल गर्न सक्नुहुन्छ। शत्रुहरूले पनि सहयोग गर्ने संकेत छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन मनोरञ्जन र पारिवारिक खुसीमा बित्नेछ। जीवनसाथीसँग सम्बन्ध प्रगाढ बन्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ काम थाल्नका लागि राम्रो समय छ। आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक लाभको सम्भावना छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो कार्यमा दृढता राख्नुहोस्। परिश्रमको उचित फल पाइनेछ। व्यावसायिक यात्राको सम्भावना छ।


मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

आफ्ना विचार व्यक्त गर्दा सावधानी अपनाउनुहोस्। घरायसी कुरामा समय बित्नेछ। काममा बाधा भए पनि सफलता हात लाग्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन नयाँ योजना बनाउन अनुकूल हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विद्यार्थीका लागि आजको दिन विशेष लाभदायक देखिन्छ। घरपरिवारमा खुशीको माहोल सिर्जना हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


शुभ दिन ।


  • Jigyasa media

थप