Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

नयाँ काठेपुल राखेपछि डुम्रे–बेसीसहर–चामे सडक सञ्चालनमा

  •   २ वर्ष अघि | ४ साउन २०८१, शुक्रबार

मनाङ । हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो ।


प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो ।


उनले भने, ‘तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ, मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ, जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुन सक्छ ।’


प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताए । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुंगा खसेर पुलमा क्षति पुर्याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए ।


अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ ।


पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उनले बताए । चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उनले जनाकारी दिए ।– रासस

  • RSS

थप