Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

असार ९ गते, २०८२ साल सोमबार को दैनिक राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ९ असार २०८२, सोमवार

🔯 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सहकर्मी तथा परिवारको साथ सहयोग मिल्नेछ। पुराना योजना कार्यान्वयन गर्न सकिने समय छ। तर, अतिआत्मविश्वासले हानी पुर्याउन सक्छ, सचेत रहनुहोस्।

🔯 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक क्षेत्रमा सुधार आउनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। नयाँ ठाउँको यात्रा हुन सक्छ। नयाँ काम सुरु गर्दा गुरुजनको सल्लाह लिनु उपयुक्त हुनेछ।

🔯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफ्नो बोली र व्यवहारमा नियन्त्रण आवश्यक छ। स्वास्थ्यमा सामान्य गिरावट आउन सक्छ। कुनै पुरानो विवाद फेरि उठ्न सक्छ, शान्त संयम राख्नुहोस्।

🔯 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सृजनात्मक काममा सफलता मिल्नेछ। विद्या र सीपमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मिठास आउने सम्भावना छ। मन रमाइलो हुने दिन।

🔯 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ प्रस्तावहरू प्राप्त हुनेछन्। आत्मविश्वास उच्च रहनाले निर्णयमा दृढता देखिनेछ। तर साझेदारीमा चल्ने काममा सावधानी अपनाउनु राम्रो।

🔯 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काममा चाप बढ्न सक्छ। शरीरमा थकान र मनमा बेचैनी हुन सक्छ। अरूको कुरामा अल्झिनु होइन, आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने समय हो।

🔯 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक वा परोपकारी काममा मन जानेछ। आय आर्जनमा सुधार आउनेछ। शुभचिन्तकको साथले उत्साह जाग्नेछ। प्रेम प्रस्तावका लागि अनुकूल समय।

🔯 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक जिम्मेवारीमा बढोत्तरी देखिन्छ। खर्च बढ्न सक्ने समय, फजुल खर्चबाट बच्नुपर्नेछ। वाणीमा कडापन आउनसक्छ, व्यवहारमा लचिलो बनौं।

🔯 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

दैनिक कार्यहरूमा उत्साह र लगन देखिनेछ। व्यापार–व्यवसायमा सुधार आउन सक्छ। साथीसँगीको सहयोग पाउने सम्भावना छ।

🔯 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो अवसर आउँदैछ। तर जोखिमपूर्ण निर्णय नगर्नु होला। स्वास्थ्यमा सुधार हुने सम्भावना छ।

🔯 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मान–सम्मानमा वृद्धि हुने संकेत छ। परिवारबाट सन्तोष मिल्नेछ। पुराना साथी भेट हुने सम्भावना, सन्देश वा निम्तो पाउन सकिन्छ।

🔯 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ कामको थालनी गर्न अनुकूल समय छ। विदेश जाने चाहना छ भने पहल गर्न सकिनेछ। दाम्पत्य सम्बन्धमा सुधार आउने दिन हो।


  • Jigyasanepal

थप