Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

माघ १ गते, मंगलबार २०८१ को राशिफल

  •   २ वर्ष अघि | १ माघ २०८१, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन कार्यक्षेत्रमा नयाँ अवसर आउनेछ। पारिवारिक सहयोगले काममा उत्साह बढ्नेछ। आर्थिक पक्ष सबल देखिन्छ। स्वास्थ्यप्रति ध्यान दिनुहोला।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। साथीभाइको साथले अप्ठ्यारा परिस्थितिमा समाधान मिल्नेछ। तर, अनावश्यक खर्च हुन सक्ने भएकाले सतर्क रहनुहोस्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ काम सुरु गर्न अनुकूल समय हो। व्यापारिक गतिविधिमा लाभ हुने देखिन्छ। प्रेमसम्बन्धमा सुधार आउनेछ। यात्राको सम्भावना छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शारीरिक थकानले काममा अल्छी लाग्न सक्छ। आत्मविश्वासले जटिल कामसमेत सजिलै सम्पन्न हुनेछ। मित्रसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ रचनात्मक कार्यमा समय दिनुहोस्। लामो समयदेखि रोकिएको काम बन्नेछ। आयआर्जनमा बृद्धि हुनेछ। प्रेम सम्बन्धमा प्रगति देखिन्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययन र अनुसन्धानमा रुचि बढ्नेछ। खर्चलाई नियन्त्रण गर्नुहोला। घरपरिवारमा मेलमिलाप हुने देखिन्छ। विचारपूर्वक बोल्दा विवाद टर्न सक्छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बौद्धिक क्षमताको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। तर, नकारात्मक सोचबाट टाढा रहनुहोला।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा दवाव महसुस हुनेछ। तर, धैर्यताले सफलता दिलाउनेछ। पारिवारिक झमेलालाई सहजै समाधान गर्न सकिनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वैदेशिक क्षेत्रबाट लाभ मिल्ने संकेत छ। नयाँ योजनामा सहभागी हुने अवसर पाउन सक्नुहुन्छ। साना कुरा हल्कामा नलिनुहोला।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज तपाईंको आत्मबल उच्च रहनेछ। कार्यमा सफलता हात पर्नेछ। आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा पनि सुधार आउनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। मानप्रतिष्ठा प्राप्त हुने दिन हो। यात्रामा लाभ मिल्नेछ। लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज आफन्त र परिवारसँग समय बिताउन पाइनेछ। नयाँ काम थाल्न अनुकूल समय हो। आत्मविश्वासको कमीले केही अवरोध आउन सक्छ, तर अन्त्यमा सफलता हात लाग्नेछ।


शुभ दिन ।


  • Jigyasa media

थप