🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धेरै समयदेखि रोकिएको काम अघि बढ्न सक्छ। नयाँ योजना कार्यान्वयन गर्न उपयुक्त समय हो। प्रेम सम्बन्धमा सुधार आउनेछ। आर्थिक पक्ष बलियो देखिन्छ।
🔮 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ध्यान केन्द्रित गर्न गाह्रो हुने दिन हो। घरपरिवारसँग समय बिताउनु राम्रो हुनेछ। यात्रामा खर्च बढ्न सक्छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ।
🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बुद्धिको प्रयोगले जटिल समस्याको समाधान पाउन सकिन्छ। सानातिना लाभ मिल्नेछ। साहित्य, लेखन वा अध्ययनमा रुचि बढ्नेछ।
🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा चिन्ता बढ्न सक्छ। नजिकको व्यक्तिसँग विवाद हुन सक्छ, बोलीमा संयम राख्नुहोस्। खर्चमा कटौती गर्नु बुद्धिमानी हुनेछ।
🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण काममा सफलता मिल्ने योग छ। आत्मविश्वास बढ्नेछ। पुराना साथीभाइसँग भेटघाट हुनेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ।
🔮 कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा ध्यान केन्द्रित गर्नु आवश्यक छ। घरायसी मामिलामा व्यस्त रहनु पर्नेछ। भावनामा बहिनु भन्दा व्यवहारमा चल्नु उचित हुनेछ।
🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ समाचार सुन्न पाइनेछ। नयाँ सम्बन्ध सुरु हुने योग छ। वैदेशिक कार्य वा अध्ययनमा सफलता मिल्न सक्छ। सम्मान प्राप्त हुनेछ।
🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै तनाव लिनु हुँदैन। मित्रता वा प्रेम सम्बन्धमा अविश्वास नबनाउनुहोस्। खर्चमा नियन्त्रण गर्नुहोस। सवारी साधनमा सतर्क रहनुहोस्।
🔮 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
नयाँ अवसरको संकेत मिल्नेछ। व्यावसायिक योजनामा सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहला। मित्रबाट सहयोग प्राप्त हुनेछ।
🔮 मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा)
कामको चाप बढ्नेछ। महत्वपूर्ण निर्णय नगर्दा राम्रो हुनेछ। मनमा अलमल र दुविधा हुन सक्छ। खानपानमा ध्यान दिनुहोला।
🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साझेदारीमा लाभ मिल्नेछ। मिहिनेत अनुसारको परिणाम आउनेछ। रोकिएका कार्य अघि बढ्नेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ।
🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बौद्धिक क्षेत्रबाट सम्मान मिल्न सक्छ। प्रेम सम्बन्धमा प्रगाढता आउँनेछ। आर्थिक दृष्टिले सामान्य दिन हुनेछ। कला र सिर्जनात्मक काममा सफलता मिल्नेछ।
-
Jigyasanepal