मेष ♈ (Aries)
आज आफ्नो आत्मविश्वास बढाउने दिन हो। निर्णयहरूमा दृढ हुनुपर्छ। परिवार र साथीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार देखिन्छ।
वृष ♉ (Taurus)
पढाइ वा पेशागत क्षेत्रमा राम्रो प्रगति हुनेछ। तर, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। खानपानमा ध्यान दिनुहोस। प्रेमसम्बन्धमा विश्वास बढ्नेछ।
मिथुन ♊ (Gemini)
मिथुन जातकका लागि आज मिश्रित फल दिनेछ। काममा चुनौती आउन सक्छ तर आत्मबलले सामना गर्न सकिन्छ। यात्रामा सावधानी अपनाउनुहोस्।
कर्कट ♋ (Cancer)
आज पारिवारिक वातावरण खुसीमय रहनेछ। नयाँ अवसरहरू आउन सक्छन्। घर-गृहस्थीका काममा व्यस्तता बढ्नेछ। प्रेममा ताजगी रहनेछ।
सिंह ♌ (Leo)
काममा सफलता प्राप्त हुनेछ। मान-सम्मान बढ्ने दिन हो। आर्थिक क्षेत्रमा पनि लाभ हुने सम्भावना छ। तर, घमण्ड नगर्नुहोस।
कन्या ♍ (Virgo)
आज तपाईंलाई नयाँ योजना बनाउने अवसर मिल्नेछ। तर, खर्च बढ्ने सम्भावना छ। यात्रामा सजग रहनुहोस्। साथीहरूसँग वादविवाद टार्नुपर्छ।
तुला ♎ (Libra)
तुला राशिका लागि शुभ दिन हो। प्रेम, व्यापार र अध्ययनमा प्रगति हुनेछ। नयाँ मित्रता बन्न सक्छ। आर्थिक लाभ हुने योग छ।
वृश्चिक ♏ (Scorpio)
आज तपाईँको लागि व्यस्तता बढ्नेछ। काममा दवाव भए पनि परिणाम राम्रै आउनेछ। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ।
धनु ♐ (Sagittarius)
धनु राशिका लागि आजको दिन नयाँ अवसर ल्याउनेछ। अध्ययन, प्रतियोगिता वा नयाँ योजनामा सफलता पाउन सकिन्छ। घरमा खुसीको वातावरण रहनेछ।
मकर ♑ (Capricorn)
आज तपाईँले गरेको मेहनतले राम्रो परिणाम दिनेछ। आर्थिक लाभ हुनेछ। तर, निर्णय लिन ढिला नगर्नुहोस। पारिवारिक सल्लाह उपयोगी हुनेछ।
कुम्भ ♒ (Aquarius)
कुम्भ राशिका लागि आज मित्र र आफन्तसँग भेटघाटको योग छ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। तर, खर्च बढ्न सक्छ।
मीन ♓ (Pisces)
मीन राशिका लागि सामान्य दिन हो। स्वास्थ्यमा अलि समस्या आउन सक्छ। तर, व्यापार वा काममा लाभ मिल्नेछ। धैर्यपूर्वक काम गर्नुपर्छ।
-
Jigyasanepal