मेष (Aries)
आज आत्मबल उच्च रहनेछ। नयाँ योजनामा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक खुसी मिल्नेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ।
वृष (Taurus)
वित्तीय कारोबारमा सचेत रहनुहोस्। अनावश्यक खर्च बढ्ने सम्भावना छ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ। मिहिनेत गर्दा दिउँसोपछि राम्रो नतिजा मिल्नेछ।
मिथुन (Gemini)
बौद्धिक काममा सफलता पाइनेछ। अध्ययन–शिक्षामा राम्रो प्रगति हुने सम्भावना छ। साथीभाइको सहयोग मिल्नेछ। प्रेममा रमाइलो क्षण बित्ने दिन छ।
कर्कट (Cancer)
पारिवारिक दायित्व पूरा गर्नुपर्ने समय आएको छ। मानसिक तनाव बढ्न सक्छ। कार्यक्षेत्रमा बढी लगनशील रहनुपर्छ। साँझपख लाभ प्राप्त हुने संकेत छ।
सिंह (Leo)
आज तपाईंको बोलीले अरूलाई आकर्षित गर्नेछ। भेटघाटमा आनन्द आउनेछ। सामाजिक काममा सराहना पाइनेछ। व्यापारीहरूले लाभ कमाउने सम्भावना छ।
कन्या (Virgo)
आर्थिक लाभ हुने देखिन्छ। पुराना विवाद समाधान हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक भेटघाट र रमाइलोको अवसर मिल्नेछ।
तुला (Libra)
आज आत्मविश्वास बढ्नेछ। प्रेम र साझेदारीमा नयाँ ऊर्जा आउनेछ। तर, खर्चमा नियन्त्रण गर्नु आवश्यक छ। लामो समयको योजनामा लाभदायी निर्णय लिन सकिनेछ।
वृश्चिक (Scorpio)
आज स्वास्थ्यप्रति सजग रहनुपर्छ। आर्थिक क्षेत्रमा उतारचढाव आउन सक्छ। साथीभाइसँग सम्बन्ध बिग्रन नदिने प्रयास गर्नुहोस्। धार्मिक र सामाजिक कार्यमा मन जानेछ।
धनु (Sagittarius)
आज नयाँ अवसर प्राप्त हुनेछ। जागिर वा व्यवसायमा प्रशंसा पाइनेछ। यात्राबाट लाभ हुने दिन छ। प्रेम सम्बन्धमा उत्साह थपिनेछ।
मकर (Capricorn)
काममा मिहिनेत बढाउनु पर्ने समय छ। पारिवारिक जिम्मेवारीमा ध्यान दिनुहोस्। खर्च बढ्ने देखिन्छ तर लगानी लाभदायी हुने संकेत छ।
कुम्भ (Aquarius)
आज तपाईँको विचारलाई अरूले सम्मान गर्नेछन्। नयाँ योजना कार्यान्वयन गर्न सकिनेछ। अध्ययन–शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्धमा सानो उतारचढाव आउन सक्छ।
मीन (Pisces)
आज आर्थिक लाभका अवसरहरू बढ्नेछन्। स्वास्थ्य सामान्य रहनेछ। साथी र परिवारसँग रमाइलो समय बित्नेछ। कलात्मक वा सिर्जनात्मक काममा सफलता पाइने दिन छ।
-
Jigyasanepal