Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

२०८२ साउन १४, बुधवारको दैनिक राशिफल हेर्नुहोस् (Daily Horoscope)

  •   १ वर्ष अघि | १४ साउन २०८२, बुधबार

♈ मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कार्यमा सुधार आउनेछ, पहिलेका गल्तीहरू सुधार्ने अवसर प्राप्त हुनेछ। तर, बोलीमा संयम राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु उत्तम हुनेछ।

♉ वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धन लाभको सम्भावना छ। परिवारभित्र सकारात्मक छलफल हुनेछ। मनमा नयाँ योजना पलाउन सक्छ। साहित्य वा कला क्षेत्रका लागि अनुकूल समय हो।

♊ मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, हा

कर्ममा व्यस्तता बढ्नेछ, तर मेहनत अनुसारको फल पाउने समय हो। नयाँ साथी वा सहकर्मीको सहयोग मिल्न सक्छ। तर भावनामा बग्न नदिनुहोस्।

♋ कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा केही चिन्ता रहला तर आत्मबल उच्च रहँदा काम सफल हुनेछन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। धार्मिक वा आध्यात्मिक रुचि बढ्नेछ।

♌ सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ अवसर पाइने छ, पदोन्नति वा प्रतिष्ठा बढ्ने योग छ। साथीहरूसँग रमाइलो समय बित्नेछ। नेतृत्व क्षमता देखाउने राम्रो मौका हो।

♍ कन्या (Virgo) – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

पुराना योजना सफल हुन सक्छन्। वैदेशिक समाचार वा अध्ययन सम्बन्धी काममा प्रगति हुनेछ। तर अरुको कुरामा धेरै विश्वास नगर्नुहोला।

♎ तुला (Libra) – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

मानसिक रूपमा तनाव हुन सक्छ, तर दिउँसोपछि परिस्थिति अनुकूल बन्छ। वित्तीय कामहरूमा ध्यान दिनुहोस्। नयाँ स्रोतबाट धन आगमनको संकेत छ।

♏ वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

साझेदारीमा सफलता मिल्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ। मित्रवर्गसँग सल्लाह लिँदा राम्रो मार्गदर्शन प्राप्त हुनेछ।

♐ धनु (Sagittarius) – ये, यो, भा, भि, भु, ध, फा, ढ, भे

कर्ममा निरन्तरता आवश्यक छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। रचनात्मक कार्यमा मन लाग्नेछ। बोलिचालीमा विवाद नहोस् भनेर सचेत हुनुहोला।

♑ मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, ग, गि

विद्यार्थी वा प्रतियोगी परीक्षा दिनेहरूका लागि सफलता मिल्ने संकेत। प्रेम जीवनमा मिठास छाउनेछ। हर्ष र उत्साह रहनेछ।

♒ कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

घरेलु समस्या सुल्झनेछ। नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। पूराना ऋण चुक्ता गर्न सकिनेछ। सोचेजस्तो काम बन्नेछ।

♓ मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

संचार वा पत्रकारिताजस्ता क्षेत्रमा क्रियाशीलहरूलाई सफलता मिल्नेछ। विचारमा स्पष्टता आउन सक्छ। प्रेम र मित्रता सन्तुलित हुनेछ।

शुभ दिन ।

  • Jigyasanepal

थप