Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

२०८२ साउन १४, बुधवारको दैनिक राशिफल हेर्नुहोस् (Daily Horoscope)

  •   १ वर्ष अघि | १३ साउन २०८२, मङ्लबार

♈ मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कार्यमा सुधार आउनेछ, पहिलेका गल्तीहरू सुधार्ने अवसर प्राप्त हुनेछ। तर, बोलीमा संयम राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु उत्तम हुनेछ।

♉ वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धन लाभको सम्भावना छ। परिवारभित्र सकारात्मक छलफल हुनेछ। मनमा नयाँ योजना पलाउन सक्छ। साहित्य वा कला क्षेत्रका लागि अनुकूल समय हो।

♊ मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, हा

कर्ममा व्यस्तता बढ्नेछ, तर मेहनत अनुसारको फल पाउने समय हो। नयाँ साथी वा सहकर्मीको सहयोग मिल्न सक्छ। तर भावनामा बग्न नदिनुहोस्।

♋ कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा केही चिन्ता रहला तर आत्मबल उच्च रहँदा काम सफल हुनेछन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। धार्मिक वा आध्यात्मिक रुचि बढ्नेछ।

♌ सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ अवसर पाइने छ, पदोन्नति वा प्रतिष्ठा बढ्ने योग छ। साथीहरूसँग रमाइलो समय बित्नेछ। नेतृत्व क्षमता देखाउने राम्रो मौका हो।

♍ कन्या (Virgo) – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

पुराना योजना सफल हुन सक्छन्। वैदेशिक समाचार वा अध्ययन सम्बन्धी काममा प्रगति हुनेछ। तर अरुको कुरामा धेरै विश्वास नगर्नुहोला।

♎ तुला (Libra) – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

मानसिक रूपमा तनाव हुन सक्छ, तर दिउँसोपछि परिस्थिति अनुकूल बन्छ। वित्तीय कामहरूमा ध्यान दिनुहोस्। नयाँ स्रोतबाट धन आगमनको संकेत छ।

♏ वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

साझेदारीमा सफलता मिल्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ। मित्रवर्गसँग सल्लाह लिँदा राम्रो मार्गदर्शन प्राप्त हुनेछ।

♐ धनु (Sagittarius) – ये, यो, भा, भि, भु, ध, फा, ढ, भे

कर्ममा निरन्तरता आवश्यक छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। रचनात्मक कार्यमा मन लाग्नेछ। बोलिचालीमा विवाद नहोस् भनेर सचेत हुनुहोला।

♑ मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, ग, गि

विद्यार्थी वा प्रतियोगी परीक्षा दिनेहरूका लागि सफलता मिल्ने संकेत। प्रेम जीवनमा मिठास छाउनेछ। हर्ष र उत्साह रहनेछ।

♒ कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

घरेलु समस्या सुल्झनेछ। नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। पूराना ऋण चुक्ता गर्न सकिनेछ। सोचेजस्तो काम बन्नेछ।

♓ मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

संचार वा पत्रकारिताजस्ता क्षेत्रमा क्रियाशीलहरूलाई सफलता मिल्नेछ। विचारमा स्पष्टता आउन सक्छ। प्रेम र मित्रता सन्तुलित हुनेछ।

शुभ दिन ।

  • Jigyasanepal

थप