♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धेरै दिनदेखि रोकिएको काम अघि बढ्ने संकेत छ। वैदेशिक सम्भावनामा सुधार आउनेछ। तर पारिवारिक सल्लाहको अवज्ञा नगर्नुहोस्।
♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा चलिरहेको द्विविधा हट्नेछ। आर्थिक पक्ष सुदृढ देखिन्छ। पुराना साथीहरूसँग भेटघाटको सम्भावना छ। मन हलुका हुनेछ।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो काममा अरूको हस्तक्षेपले झर्को लाग्न सक्छ। ध्यान केन्द्रित गर्नुहोस। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको प्रस्ताव आउन सक्छ। नेतृत्वदायी भूमिकामा अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रभावशाली व्यक्तिहरूसँग भेट हुने दिन हो। कामको मूल्याङ्कन बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान पाइने सम्भावना छ।
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा योग देखिन्छ तर सतर्क रहनुहोस्। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। साथीको सहयोगले हिम्मत बढ्नेछ।
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र सम्बन्धमा नयाँ मोड आउन सक्छ। लगानी सोचविचार गरी गर्नु राम्रो हुनेछ। मनमा शान्ति र सन्तुष्टि रहनेछ।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवादबाट टाढा रहनु उपयुक्त हुनेछ। काममा अलमल हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोस्।
♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मिहिनेतले नयाँ सम्भावना खोल्नेछ। पुराना सम्पर्कबाट लाभ हुनेछ। शुभ सूचना प्राप्त हुने योग छ।
♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा सौहार्दपूर्ण वातावरण बन्नेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाउनु आवश्यक छ। आत्मबल बलियो हुनेछ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो सिप र ज्ञान प्रयोग गर्न सकिने दिन हो। सानातिना बहसबाट टाढा रहनुहोस्। व्यापारमा फाइदा देखिन्छ।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा सुधार आउनेछ। अघिल्लो प्रयासबाट सफलता मिल्नेछ। मन रमाइलो बनाउने अवसर मिल्नेछ।
-
Jigyasanepal