Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

साउन २० गते, मंगलबार, २०८२ सालको दैनिक राशिफल

  •   १ वर्ष अघि | २० साउन २०८२, मङ्लबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धेरै दिनदेखि रोकिएको काम अघि बढ्ने संकेत छ। वैदेशिक सम्भावनामा सुधार आउनेछ। तर पारिवारिक सल्लाहको अवज्ञा नगर्नुहोस्।

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मनमा चलिरहेको द्विविधा हट्नेछ। आर्थिक पक्ष सुदृढ देखिन्छ। पुराना साथीहरूसँग भेटघाटको सम्भावना छ। मन हलुका हुनेछ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आफ्नो काममा अरूको हस्तक्षेपले झर्को लाग्न सक्छ। ध्यान केन्द्रित गर्नुहोस। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कामको प्रस्ताव आउन सक्छ। नेतृत्वदायी भूमिकामा अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रभावशाली व्यक्तिहरूसँग भेट हुने दिन हो। कामको मूल्याङ्कन बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान पाइने सम्भावना छ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यात्रा योग देखिन्छ तर सतर्क रहनुहोस्। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। साथीको सहयोगले हिम्मत बढ्नेछ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेम र सम्बन्धमा नयाँ मोड आउन सक्छ। लगानी सोचविचार गरी गर्नु राम्रो हुनेछ। मनमा शान्ति र सन्तुष्टि रहनेछ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विवादबाट टाढा रहनु उपयुक्त हुनेछ। काममा अलमल हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोस्।

♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आजको दिन मिहिनेतले नयाँ सम्भावना खोल्नेछ। पुराना सम्पर्कबाट लाभ हुनेछ। शुभ सूचना प्राप्त हुने योग छ।

♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

परिवारमा सौहार्दपूर्ण वातावरण बन्नेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाउनु आवश्यक छ। आत्मबल बलियो हुनेछ।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो सिप र ज्ञान प्रयोग गर्न सकिने दिन हो। सानातिना बहसबाट टाढा रहनुहोस्। व्यापारमा फाइदा देखिन्छ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा सुधार आउनेछ। अघिल्लो प्रयासबाट सफलता मिल्नेछ। मन रमाइलो बनाउने अवसर मिल्नेछ।

  • Jigyasanepal

थप