Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र

  •   ३ महिना अघि | २० बैशाख २०८३, आइतवार

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका राजमार्गहरू ठप्प बनेका छन्। प्रहरीका अनुसार आइतबार बिहानसम्म कान्ती लोकपथ, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

कान्ती लोकपथ ठप्प, सवारी लामै लाम

ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र मकवानपुरको भीमफेदी गाउँपालिका–८ भन्ज्याङडाँडामा पहिरो खस्दा काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको कान्ती लोकपथ गएरातिदेखि नै बन्द भएको छ।

यस मार्गमा सवारी साधनको लाम लाग्दै जाँदा यात्रुहरू घण्टौँदेखि बाटोमै रोकिएका छन्।

अरनिको राजमार्गमा पनि अवरोध

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित इकुमा पहिरो खस्दा चीनसँग जोड्ने महत्त्वपूर्ण अरनिको राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मध्यपहाडी राजमार्गमा यातायात ठप्प

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ क्षेत्रमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग समेत पूर्ण रूपमा बन्द भएको छ। यसले पूर्व–पश्चिम जोड्ने यातायात प्रणालीमा प्रत्यक्ष असर परेको छ।

अन्य स्थानमा आंशिक अवरोध

यता, भोजपुर र म्याग्दीमा पनि पहिरोले सडक आवागमन प्रभावित भएको छ।

भोजपुर नगरपालिका–५ बोखिममा पहिरो खस्दा मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरोले बेनी–जोमसोम सडक एकतर्फी मात्रै खुला

उद्धार र सडक खुलाउने प्रयास जारी

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायहरूले पहिरो पन्छाउने काम तीव्र बनाएका छन्। यद्यपि निरन्तर वर्षा भइरहेकाले तत्काल पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको छ।

यात्रुहरूलाई सावधानी अपनाउन आग्रह

प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। पहाडी क्षेत्रमा अझै पहिरो खस्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ।

  • Jigyasanepal

थप