Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र

  •   ६ महिना अघि | २० बैशाख २०८३, आइतवार

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका राजमार्गहरू ठप्प बनेका छन्। प्रहरीका अनुसार आइतबार बिहानसम्म कान्ती लोकपथ, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

कान्ती लोकपथ ठप्प, सवारी लामै लाम

ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र मकवानपुरको भीमफेदी गाउँपालिका–८ भन्ज्याङडाँडामा पहिरो खस्दा काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको कान्ती लोकपथ गएरातिदेखि नै बन्द भएको छ।

यस मार्गमा सवारी साधनको लाम लाग्दै जाँदा यात्रुहरू घण्टौँदेखि बाटोमै रोकिएका छन्।

अरनिको राजमार्गमा पनि अवरोध

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित इकुमा पहिरो खस्दा चीनसँग जोड्ने महत्त्वपूर्ण अरनिको राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मध्यपहाडी राजमार्गमा यातायात ठप्प

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ क्षेत्रमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग समेत पूर्ण रूपमा बन्द भएको छ। यसले पूर्व–पश्चिम जोड्ने यातायात प्रणालीमा प्रत्यक्ष असर परेको छ।

अन्य स्थानमा आंशिक अवरोध

यता, भोजपुर र म्याग्दीमा पनि पहिरोले सडक आवागमन प्रभावित भएको छ।

भोजपुर नगरपालिका–५ बोखिममा पहिरो खस्दा मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरोले बेनी–जोमसोम सडक एकतर्फी मात्रै खुला

उद्धार र सडक खुलाउने प्रयास जारी

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायहरूले पहिरो पन्छाउने काम तीव्र बनाएका छन्। यद्यपि निरन्तर वर्षा भइरहेकाले तत्काल पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको छ।

यात्रुहरूलाई सावधानी अपनाउन आग्रह

प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। पहाडी क्षेत्रमा अझै पहिरो खस्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ।

  • Jigyasanepal

थप