Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

२०८२ साल असार ६ गते, शुक्रबारको राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सजग भएर काम गर्नु पर्ने दिन छ। विश्वास गर्दा धोका पाउने सम्भावना छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्चमा संयमता आवश्यक छ।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आर्थिक पक्ष सशक्त देखिन्छ। रोकिएका काम अघि बढ्नेछ। मन प्रसन्न तुल्याउने खालका समाचार प्राप्त हुनेछन्। मित्रतामा गहिरो समझदारी देखिनेछ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पदोन्नति वा मान–प्रतिष्ठा बढ्ने संकेत छन्। सरकारी वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। जिम्मेवारी थपिए पनि लाभदायक सिद्ध हुनेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धार्मिक र परोपकारी कार्यमा मन जानेछ। टाढा रहेका आफन्तसँग सम्पर्कमा सुधार हुनेछ। अध्ययन वा अनुसन्धानका क्षेत्र लाभदायक देखिन्छ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आत्मबल कमजोर हुन सक्छ, भावनामा बहिएर निर्णय नगर्नुहोस्। आर्थिक कारोबारमा सावधानी आवश्यक छ। यात्रामा विलम्ब वा असुविधा देखिन्छ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)साझेदारी वा वैवाहिक सम्बन्धमा सुधार आउनेछ। प्रेमसम्बन्धमा नयाँ मोड आउन सक्छ। व्यापारमा मुनाफा बढ्ने देखिन्छ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा व्यस्तता बढ्नेछ तर परिणाम सन्तोषजनक हुनेछन्। शारीरिक थकान हुन सक्छ, खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनु उपयुक्त हुनेछ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मनोरञ्जन र सिर्जनात्मक कार्यमा समय बित्नेछ। प्रेम सम्बन्धमा सकारात्मक संकेतहरू देखिन्छन्। विद्यार्थीहरूका लागि फलदायी समय।

♐ धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)घरपरिवारको साथले मन प्रसन्न हुनेछ। नयाँ सामान वा वाहन किन्न चाहनेहरूका लागि राम्रो दिन। भूमि–जग्गा सम्बन्धि विषयमा सोचविचार गरी निर्णय लिनु उचित हुनेछ।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)अल्प प्रयासले राम्रो नतिजा पाउन सकिनेछ। छोटो यात्राबाट लाभ मिल्नेछ। दाजुभाइ वा छरछिमेकीसँग सहकार्य बढ्ने समय।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)धन आगमनको सम्भावना छ। नयाँ कामको योजना बन्नेछ। आत्मविश्वास बढ्नेछ। तर खर्चमा पनि बढोत्तरी हुन सक्छ, बजेट अनुसार चल्नुहोस।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)नयाँ सुरुवातको संकेत छ। व्यक्तित्व निखारिनेछ। पारिवारिक सहयोगले उत्साह बढ्नेछ। आत्मविकासमा ध्यान केन्द्रित गर्नु राम्रो हुनेछ।

  • Jigyasanepal

थप