Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

२०८२ साल असार ६ गते, शुक्रबारको राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ६ असार २०८२, शुक्रबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सजग भएर काम गर्नु पर्ने दिन छ। विश्वास गर्दा धोका पाउने सम्भावना छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्चमा संयमता आवश्यक छ।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आर्थिक पक्ष सशक्त देखिन्छ। रोकिएका काम अघि बढ्नेछ। मन प्रसन्न तुल्याउने खालका समाचार प्राप्त हुनेछन्। मित्रतामा गहिरो समझदारी देखिनेछ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पदोन्नति वा मान–प्रतिष्ठा बढ्ने संकेत छन्। सरकारी वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। जिम्मेवारी थपिए पनि लाभदायक सिद्ध हुनेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धार्मिक र परोपकारी कार्यमा मन जानेछ। टाढा रहेका आफन्तसँग सम्पर्कमा सुधार हुनेछ। अध्ययन वा अनुसन्धानका क्षेत्र लाभदायक देखिन्छ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आत्मबल कमजोर हुन सक्छ, भावनामा बहिएर निर्णय नगर्नुहोस्। आर्थिक कारोबारमा सावधानी आवश्यक छ। यात्रामा विलम्ब वा असुविधा देखिन्छ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)साझेदारी वा वैवाहिक सम्बन्धमा सुधार आउनेछ। प्रेमसम्बन्धमा नयाँ मोड आउन सक्छ। व्यापारमा मुनाफा बढ्ने देखिन्छ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा व्यस्तता बढ्नेछ तर परिणाम सन्तोषजनक हुनेछन्। शारीरिक थकान हुन सक्छ, खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनु उपयुक्त हुनेछ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मनोरञ्जन र सिर्जनात्मक कार्यमा समय बित्नेछ। प्रेम सम्बन्धमा सकारात्मक संकेतहरू देखिन्छन्। विद्यार्थीहरूका लागि फलदायी समय।

♐ धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)घरपरिवारको साथले मन प्रसन्न हुनेछ। नयाँ सामान वा वाहन किन्न चाहनेहरूका लागि राम्रो दिन। भूमि–जग्गा सम्बन्धि विषयमा सोचविचार गरी निर्णय लिनु उचित हुनेछ।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)अल्प प्रयासले राम्रो नतिजा पाउन सकिनेछ। छोटो यात्राबाट लाभ मिल्नेछ। दाजुभाइ वा छरछिमेकीसँग सहकार्य बढ्ने समय।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)धन आगमनको सम्भावना छ। नयाँ कामको योजना बन्नेछ। आत्मविश्वास बढ्नेछ। तर खर्चमा पनि बढोत्तरी हुन सक्छ, बजेट अनुसार चल्नुहोस।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)नयाँ सुरुवातको संकेत छ। व्यक्तित्व निखारिनेछ। पारिवारिक सहयोगले उत्साह बढ्नेछ। आत्मविकासमा ध्यान केन्द्रित गर्नु राम्रो हुनेछ।

  • Jigyasanepal

थप