Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंको आजको राशिफल हेर्नुहोस् (भदौ ६ गते, बिहीबार २०८१ )

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

काठमाण्डौ । 

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईको लागि उत्तम रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। रोकिएका कामहरू पुनः सुरु हुनेछन्। नयाँ अवसरहरूको प्राप्ति हुनेछ। धार्मिक कार्यमा सहभागी हुन मन लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिन तपाईको लागि मध्यम रहनेछ। परिवारमा सल्लाह गरेर काम गर्नु उचित हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। आर्थिक पक्षमा केही खर्च बढ्न सक्छ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ कार्यको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुनेछ। बौद्धिक र रचनात्मक काममा समय बित्नेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तपाईको लागि सामान्य दिन रहनेछ। कुनै पुरानो समस्याले तपाईलाई तनावमा पार्न सक्छ। धैर्य र संयम अपनाउनुहोस्। आर्थिक अवस्थामा सुधार आउनेछ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्नो बलबुतामा काम गर्न सफल हुनुहुनेछ। दिनभरि व्यस्त रहनु हुनेछ। व्यवसायमा फाइदा हुनेछ। मित्र र परिवारसँग समय बिताउने अवसर मिल्नेछ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन तपाईको लागि सकारात्मक रहनेछ। आर्थिक पक्ष बलियो हुनेछ। कुनै ठुलो काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। आत्मबलमा वृद्धि हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईको लागि मिश्रित फलदायी दिन रहनेछ। कुनै अप्रिय खबर सुन्नु पर्ला। सोचेर निर्णय लिनु होला। आर्थिक क्षेत्रमा सुधार आउनेछ। साथीहरूसँग भेटघाट हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तपाईको लागि शुभ दिन रहनेछ। व्यापारमा फाइदा हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारको सहयोगले मनोबल बढ्नेछ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सजग रहनुपर्ने दिन हो। नोक्सानको सामना गर्नु पर्ला। आर्थिक पक्षमा ध्यान दिनुहोला। आफ्नो निर्णयमा अरूको दबाब नदिनुहोला। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्।

 मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

तपाईको लागि सामान्य दिन हुनेछ। मित्र र परिवारसँगको सम्बन्धमा सुधार आउनेछ। नयाँ काममा हात हाल्नु अघि राम्रो सोच विचार गर्नु होला। खर्चमा वृद्धि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धेरै प्रयास गर्दा पनि काममा ढिलासुस्ती हुन सक्छ। सहयोगीहरूको मद्दत प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

तपाईको लागि शुभ दिन हुनेछ। नयाँ अवसरहरूको प्राप्ति हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। मनमा शान्ति मिल्नेछ। परिवारमा खुसीको माहोल रहनेछ। 


प्रिय पाठकवृन्द यो राशिफल एक मार्गदर्शनका लागि हो। दैनिक जीवनमा हुने परिवर्तनहरूका लागि तपाईंको व्यक्तिगत निर्णय महत्वपूर्ण हुन्छ। तसर्थ आज कर्म गर्नुहोस्  भोलिको भबिस्य आफैं बदलिनेछ । शुभ दिन ।।

  • Jigyasa media

थप