Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंको आजको राशिफल हेर्नुहोस् ( भदौ १ गते, शनिबार २०८१)

कुन राशी लाई कस्तो फाइदा हुँदैछन् आज ?

  •   २ वर्ष अघि | ३२ साउन २०८१, शुक्रबार

मेष (चू, चे, चो, ला, ली, लू, ले, लो, अ)  

आज तपाईलाई काममा सफलता मिल्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। परिश्रमले सम्मान र प्रतिष्ठा बढाउनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने सम्भावना छ।


वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) 

आफ्नो लक्ष्य प्राप्तिमा अघि बढ्न सफल हुनुहुनेछ। मानसिक शान्ति प्राप्त हुनेछ। परिवारको समर्थन पाउनु हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

आजको दिन नयाँ कामको सुरुवातका लागि शुभ छैन। खर्चको मात्रा बढ्न सक्छ, त्यसैले सोचविचार गरेर खर्च गर्नुहोला। आफन्तबाट सहयोग नपाउनाले मनमा निराशा उत्पन्न हुन सक्छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)

सहयोगीहरूको साथ पाइनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। पुराना कामहरू सम्पन्न हुनेछन्।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) 

नयाँ योजना सफल हुने सम्भावना छ। नयाँ मित्रता र सम्बन्ध स्थापित हुन सक्छ। आर्थिक पक्षमा सुधार हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  

समयले तपाईंलाई चुनौती दिनेछ। विवादको सम्भावना छ, त्यसैले बोल्ने क्रममा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा समस्या आउन सक्छ। यात्राको योग पनि रहेको छ।

तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)  

आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त हुने दिन हो। बौद्धिक र सिर्जनात्मक काममा प्रगति हुनेछ। परिवारमा सुख, शान्ति र समृद्धि आउनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आफ्नो मेहनतले सम्मान पाउनु हुनेछ। आर्थिक रुपमा फाइदा हुनेछ। घरमा कुनै शुभ कार्यको आयोजनामा सहभागी बन्नु पर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) 

कार्यमा सफलता पाउनु हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। यात्रामा लाभ हुनेछ।

मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

तपाईंले आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त गर्नु हुनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। साथीहरूको सहयोगले कार्यमा प्रगति हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

आफ्नो योजनामा सफलता प्राप्त हुनेछ। आर्थिक रूपमा फाइदा हुनेछ। घरपरिवारमा सुख-शान्ति कायम हुनेछ। नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

तपाईंको पारिवारिक जीवन सुखमय रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेमसम्बन्धमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा पनि फाइदा हुनेछ।


प्रिय पाठकवृन्द राशिफल नैं तपाईंको भविष्यको निर्णय नबनाउनुस् आजको तपाईंको कर्मले तपाईंको भबिस्य निर्धारण गर्छ आज राम्रो गर्नुहोस् र भोलि त्यसको प्रतिफल पाउनुहोस् । शुभ प्रभात शुभ दिन 

  • Jigyasa media

थप