Breaking News
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||    

यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  •   १४ घण्टा अघि | २० असोज २०८३, मङ्लबार

काठमाडौं । देशभर आज मौसम सामान्यदेखि आंशिक बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपात पनि हुनसक्नेछ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

यस्तै, देशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि वर्षाको सम्भावना

राति हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि सामान्यतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी भू–भागका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप