Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन

  •   ५ महिना अघि | २२ बैशाख २०८३, मङ्लबार

काठमाडौं, वैशाख २२ — काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुन्डेबेसी सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रे ले मंगलबार सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।

प्रशासनका अनुसार वर्षायाम नजिकिँदै जाँदा सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। विशेषगरी रोशी खोलामा आउन सक्ने सम्भावित बाढी, वर्षा र बदलिँदो मौसम अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको जनाइएको छ।

साथै, तोकिएको समयपछि पनि आवश्यकताअनुसार मौसम र जोखिमको अवस्थालाई मूल्याङ्कन गरी जुनसुकै बेला छोटो अवधिका लागि समेत सवारी आवागमनमा थप रोक लगाउन सकिने प्रशासनले स्पष्ट पारेको छ।

यस निर्णयसँगै उक्त सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग अपनाउन र सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

  • Jigyasanepal

थप