Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ

  •   ५ महिना अघि | २३ बैशाख २०८३, बुधबार

काठमाडौं, वैशाख २३ — काठमाडौँमा हराएकी एक महिला शिवपुरी क्षेत्रमा गाडिएको अवस्थामा मृत फेला परेपछि हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरी परिसर काठमाडौँ का अनुसार टोखा नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल डंगोल लाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो। उनीमाथि काठमाडौँकै तारकेश्वर नगरपालिका–३, तिनपिप्ले जितपुरफेदी निवासी ४५ वर्षीया सरिता तिवारी को हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार वैशाख ११ गतेदेखि घरबाट हराएकी तिवारीको खोजीका क्रममा उनको शव टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकैको जंगलमा जमिनमुनि गाडिएको अवस्थामा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानले डंगोलकै संलग्नतामा हत्या भएको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका डंगोललाई काठमाडौँ जिल्ला अदालत बाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

यस घटनाले राजधानीमा सुरक्षा र अपराध नियन्त्रणबारे पुनः गम्भीर प्रश्न उठाएको छ।

  • Jigyasanepal

थप