Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

‘रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’बाट भगवती तिमल्सिना सम्मानित

  •   ३ महिना अघि | २४ जेष्ठ २०८३, आइतवार

हेटौँडा, जेठ २३ — नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पाँचौँ साधारण सभाको अवसरमा नेपाल समाचारपत्र दैनिककी सम्पादक तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिना ‘स्वर्गीय रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छन्।

महासंघले पत्रकारितामार्फत जनताको सुसूचित हुने अधिकारको संरक्षण, सत्यतथ्यमा आधारित पत्रकारिताको प्रवर्द्धन तथा पत्रकारिता क्षेत्रको विकास र मर्यादा अभिवृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तिमल्सिनालाई सम्मान गरेको जनाएको छ।

प्रदान गरिएको सम्मानपत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर तथा महासचिव उद्धव भुजेलको हस्ताक्षर रहेको छ।

कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रमा पुरस्कार तथा सम्मानको परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पत्रकारिता पेशामा दीर्घकालीन योगदान पुर्‍याएका व्यक्तिहरूको सम्मान र उत्कृष्ट पत्रकारहरूको पहिचानले पेशागत उत्साह थप बढाउने विश्वास व्यक्त गरे।

साधारण सभामा उत्कृष्ट पत्रकार सम्मानबाट प्रतिमा सिलवाल र सिन्धुपाल्चोक शाखाका अध्यक्ष धुर्ब अधिकारी सम्मानित भए। त्यसैगरी धादिङ जिल्ला शाखा पनि सम्मानित भएको थियो। अग्रज पत्रकार सम्मान सिन्धुली शाखाका शेषराज दाहाल, मकवानपुर शाखाका नवराज शर्मा तथा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेसमाथि हुने हस्तक्षेपविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताइन्। उनले प्रेस स्वतन्त्रता र लोकतन्त्रको संरक्षणका लागि पत्रकार महासंघ आवश्यक परे निर्णायक आन्दोलनमा उत्रनुपर्ने धारणा राखिन्।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नीतु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी, बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर तथा सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख हरिहर पोखरेललगायतले सरकारलाई प्रेसमैत्री वातावरण निर्माण गर्दै समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

  • Jigyasanepal

थप