काठमाडौं, वैशाख ५ —
राजधानीको ऐतिहासिक मुटु असन आजदेखि हरेक शनिबार ‘भेहिकल फ्रि’ बन्ने भएको छ। काठमाडौँ महानगरपालिका ले असन क्षेत्रको मौलिकता जोगाउने उद्देश्यसहित ‘भेहिकल फ्रि असन’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेको हो।
कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार कमलाछी (कःमिलाछी) चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धदेखि असनसम्मको क्षेत्र प्रत्येक शनिबार सवारीसाधनका लागि पूर्ण रूपमा निषेध हुनेछ।
🚫 यी रुटमा सवारी प्रवेश बन्द
शनिबारका दिन निम्न क्षेत्रहरूमा सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ:
कमलाछी (सिंह ढोका) हुँदै असन प्रवेश
भोटाहिटी कलश ढोका हुँदै असन
वीर अस्पताल बाट महाबौद्ध स्तूप तर्फ
वटु गणेश र भोँसीस्थित गणेश मन्दिर क्षेत्रबाट महाबौद्ध
इन्द्रचोक, मच्छिन्द्र बहाल, मांस गल्ली लगायत भित्री मार्गहरू
कान्तिपथतर्फ ज्याठास्थित अन्नपूर्ण स्कुल क्षेत्रबाट भमुलु गल्लीतर्फ पनि प्रवेश रोक लगाइनेछ।
🎭 संस्कृति जोगाउने अभियान
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बढ्दो सवारी चापले भित्री सहरको सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीमा असर परिरहेको छ।
यसैलाई ध्यानमा राख्दै शनिबारका दिन असन क्षेत्रमा:
सांस्कृतिक कार्यक्रम,
रैथाने सीपको प्रदर्शनी,
गायन, वादन, नृत्य
जस्ता गतिविधि सञ्चालन गरिनेछ।
🚶♂️ पैदलमै असन प्रवेश
महानगरले आगन्तुकलाई सवारी साधन तोकिएका स्थानमा पार्क गरी पैदल हिँड्न आग्रह गरेको छ।
सवारी पार्किङका लागि:
धरहरा भूमिगत पार्किङ
जमल वहाल
दरबार हाइस्कुल
लगायत स्थान तोकिएका छन्।
-
Jigyasanepal