Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

इँटाको पर्खालले च्यापिँदा सर्लाहीमा ३ मजदुरको मृत्यु, ३ जना घाइते

  •   ४ महिना अघि | २ जेष्ठ २०८३, शनिबार

सर्लाही, जेठ २ — सर्लाहीको हरिपुर नगरपालिकास्थित एक इँटा उद्योगमा शुक्रबार साँझ भएको दर्दनाक दुर्घटनामा तीन जना मजदुरको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्। इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किएर मजदुरमाथि खस्दा उक्त घटना भएको प्रहरीले जनाएको छ।

हरिपुर नगरपालिका–५ मजुर्वास्थित वीरेन्द्र चौधरी सञ्चालित कृष्ण इँटा उद्योगमा काम गरिरहेका मजदुरमाथि इँटाको ठूलो चाङ खसेपछि घटनास्थलमा अफरातफरी मच्चिएको थियो। दुर्घटनामा हरिपुर नगरपालिका–७ रामवन निवासी करिब ५० वर्षीय फिताई मंसुर, हरिपुर–९ गौडेताका करिब ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी करिब ३५ वर्षीय अंगद कुमार गम्भीर घाइते भएका थिए।

उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

दुर्घटनामा थप तीन जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो, सोही स्थानका ५२ वर्षीय सत्यनारायण, र रामवन निवासी फिताई मंसुर रहेका छन्। उनीहरूमध्ये तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने अन्य दुई जनाको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ करिब ६:३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार इँटाको चाङ असुरक्षित ढंगले राखिएको हुनसक्ने आशंका गरिएको छ।

स्थानीयवासीका अनुसार इँटा उद्योगमा काम गर्ने मजदुरहरूले न्यून सुरक्षा व्यवस्थाबीच जोखिमपूर्ण अवस्थामा काम गर्दै आएका थिए। दुर्घटनापछि उद्योग क्षेत्रमा सुरक्षा मापदण्ड पालनाको विषय फेरि चर्चामा आएको छ।

विशेषगरी तराईका इँटा उद्योगहरूमा श्रमिक सुरक्षा, कार्यस्थलको मापदण्ड र श्रमिकको स्वास्थ्य अवस्थाबारे बारम्बार प्रश्न उठ्दै आए पनि प्रभावकारी अनुगमन हुन नसक्दा यस्ता दुर्घटना दोहोरिने गरेका छन्।

  • Jigyasanepal

थप