Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

बर्डफ्लुबाट प्रभावित किसानलाई राहत : एक साताभित्र ५२ करोड रुपैयाँ वितरण गर्ने तयारी

  •   २ महिना अघि | २३ असार २०८३, मङ्लबार

काठमाडौं। बर्डफ्लु संक्रमणका कारण ठूलो आर्थिक क्षति बेहोरेका किसानलाई राहत उपलब्ध गराउन सरकारले प्रक्रिया तीव्र बनाएको छ। पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्तिस्वरूप रु. ५२ करोड एक साताभित्र प्रभावित किसानको बैंक खातामा जम्मा गर्ने तयारी गरेको जनाएको छ।

विभागका अनुसार बर्डफ्लु नियन्त्रण अभियानअन्तर्गत ११ जिल्लाका किसान प्रभावित भएका छन्। रोग नियन्त्रणका लागि नष्ट गरिएका पन्छी, अण्डा, दाना तथा पन्छी उत्पादन सामग्रीको प्रमाणित क्षतिको मूल्याङ्कन गरी ७५ प्रतिशत राहत उपलब्ध गराइनेछ।

पशुसेवा विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार क्षति प्रमाणित भई आवश्यक कागजातसहित माग दाबी गरेका किसानको बैंक खातामा एक साताभित्र राहत रकम भुक्तानी गरिनेछ। असार मसान्तसम्म रकम प्राप्त गर्न नसकेका किसानलाई भने आगामी आर्थिक वर्षमा क्षतिपूर्ति उपलब्ध गराइने उनले जानकारी दिए।

विभागले बर्डफ्लु नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरी राहत वितरण गरिने स्पष्ट गरेको छ। साथै, प्रभावित किसानलाई नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको सम्पूर्ण प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ।

हालसम्म बर्डफ्लुका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्ला बढी प्रभावित भएका छन्।

विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

सरकारले राहत वितरण प्रक्रिया शीघ्र सम्पन्न गरी प्रभावित किसानलाई आर्थिक राहत उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

  • Jigyasanepal

थप