Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आशापुरेश्वर परिसरमा साहित्यिक सद्भाव आदानप्रदान, साहित्य र आध्यात्मलाई जोड्ने प्रतिबद्धता

  •   २ महिना अघि | २८ असार २०८३, आइतवार

भक्तपुर। नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिले शनिबार भक्तपुरस्थित ऐतिहासिक आशापुरेश्वर मन्दिर परिसरमा आशापुरेश्वर संरक्षण समितिसँग साहित्यिक सद्भाव तथा सिर्जनात्मक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले समृद्ध आशापुरेश्वर क्षेत्रमा आयोजित कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष **श्रीओम श्रेष्ठ ‘रोदन’**ले साहित्य र आध्यात्मबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुवै संस्थाले सहकार्यमार्फत साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पवित्र धार्मिक स्थलमा साहित्यिक सिर्जना र विचार आदानप्रदान गर्ने अवसर आफैंमा प्रेरणादायी भएको बताउँदै समाजले आध्यात्मिक चेतना र साहित्यिक अभियानलाई सँगसँगै अघि बढाउने धारणा राखे।

नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले समाजको स्थापना, उद्देश्य र साहित्यिक अभियानबारे जानकारी गराउँदै सिर्जनशील समाज निर्माणमा साहित्यको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा तारा सुवेदी, मधु पाठक, डा. शान्तिमाया गिरी, प्रदीप सापकोटा, रञ्जना निरौला, चेतनपथ माधव र लोकनाथ सापकोटाले कविता तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए।

कार्यक्रम सञ्चालन गर्दै आशापुरेश्वर संरक्षण समितिका सचिव लोकनाथ सापकोटाले आशापुरेश्वरको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारे।

समितिकी सदस्य उषा केसी महतले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता समितिका उपाध्यक्ष सरोजकुमार तामाङले गरेका थिए।

कार्यक्रममा नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायल, सदस्य शंकर भारती लगायत समाजका पदाधिकारी तथा आशापुरेश्वर संरक्षण समितिका पदाधिकारी र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले यस्ता कार्यक्रमले साहित्य, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

  • Jigyasanepal

थप