Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

काठमाडौं उपत्यकामा वर्षाको संकेत : दिउँसोपछि हल्का पानी पर्ने सम्भावना

  •   ३ महिना अघि | २ असार २०८३, मङ्लबार

काठमाडौं, असार २ । काठमाडौं उपत्यकामा आज हल्का वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको आकाशमा पानी पार्ने बादल विकसित भइरहेको छ भने मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ।

मौसमविद् डेभिड ढकालका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकामा बादल लाग्न थालेको छ र वर्षा गराउने प्रणाली सक्रिय हुने संकेत देखिएको छ। यद्यपि अहिलेको अवस्थामा भारी वा निरन्तर वर्षाको सम्भावना भने नरहेको उनले बताए।

उनका अनुसार बिहान हल्का वर्षाको सम्भावना कम भए पनि दिउँसोपछि बादल थप विकसित हुँदै जाने र उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि सामान्य वर्षा हुन सक्ने अवस्था रहेको छ। केही समयका लागि आकाश खुल्ने सम्भावना रहे पनि दिउँसोपछि पुनः बदली बढ्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले अहिलेको मौसम प्रणालीले ठूलो वर्षा गराउने अवस्था नदेखिए पनि बाहिर निस्कँदा छाता वा वर्षादी साथमा राख्न सुझाव दिएका छन्। पछिल्ला केही दिनयता देशका विभिन्न भूभागमा स्थानीय वायु र मनसुनी प्रभाव सक्रिय बन्दै गएकाले मौसममा लगातार उतारचढाव देखिएको छ।

विशेषगरी दिउँसो र साँझपख मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौं उपत्यकावासीले आज दिनभर मौसमको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै आफ्नो दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने देखिएको छ।

  • Jigyasanepal

थप