Breaking News
श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||    

सुस्मिता हत्या काण्ड: फरार अभियुक्त मृत अवस्थामा फेला

  •   २ वर्ष अघि | २० पुस २०८१, शनिबार

काठमाडौं, पुस २० – काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्काको हत्या काण्डमा मुख्य अभियुक्त पनि मृत अवस्थामा फेला परेका छन्। फरार रहेका देवबहादुर थापा ओखलढुंगाको जंगलमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार थापा सुनकोशीको सिस्नेरी क्षेत्रमा मृत फेला परेका हुन्। 'घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको छ,' कार्कीले जानकारी दिए।

यसअघि, पुस १७ गते सुस्मिता खड्का होटलको ३०८ नम्बर कोठामा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानले थापाले खड्काको हत्या गरी कोठामा ताल्चा लगाएर फरार भएको देखाएको थियो। थापा खड्कासँगै होटलमा बसेको खुलेपछि उनको खोजी भइरहेको थियो।अहिलेसम्म घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप