मकालुमा उक्लिए पूरा परिवार! पाँच दाजुभाइ–बहिनी र एक नातिनीको अद्भुत कीर्तिमान रचे

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

संखुवासभा, जेठ ६ – विश्वको पाँचौँ अग्लो चुचुरो मकालु हिमाल (८,४८५ मिटर) मा एकै परिवारका छ जनाले सामूहिक आरोहण गरेर इतिहास रचेका छन्। मकालु गाउँपालिका–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले यो साहसिक यात्रामा एकैपटक सफल भई शेर्पा साहस र पारिवारिक ऐक्यताको दुर्लभ मिसाल पेश गरेका छन्।

यो अद्भुत यात्रा वैशाख २६ गते सम्पन्न भएको हो, जसको जानकारी आरोहण दलका सदस्य मुक्तुक लाक्पा शेर्पाले दिएका हुन्।

'एकै बुबाआमाका सन्तानबाट यस्तो आरोहण विश्वमै पहिलो!'

आरोही टोलीमा सहभागी रहेका थिए:

  • मुक्कुट शेर्पा
  • ङिमा दोर्ची शेर्पा
  • आङ डी शेर्पा
  • पेछुम्वे शेर्पा
  • पासाङ याङ्जी शेर्पा
  • र नातिनी २३ वर्षीया एनिमा शेर्पा

आफ्नो परिवार नै एउटै समयमा मकालु हिमालमा सफलतापूर्वक पुग्नु दुर्लभ र गौरवपूर्ण क्षण भएको दाबी पासाङ याङ्जी शेर्पाले गरेकी छिन्।

‘एउटै बुबाआमाका पाँच सन्तान र एक नातिनीले एकैसाथ मकालु आरोहण गरेर विश्वमै नयाँ कीर्तिमान बनाएका छौं,’ पासाङको उत्साहित भनाइ छ।

उनको भनाइ अनुसार एनिमा शेर्पा हालसम्मकै मकालु चढ्ने सबैभन्दा कान्छी नेपाली महिलामध्ये एक हुन्।

सम्मान र स्वाभिमान: शेर्पा साहसको कदर

यस ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप मकालु गाउँपालिका, नेपाल पत्रकार महासंघ संखुवासभा शाखाशेर्पा संघले विशेष सम्मान प्रदान गरेका छन्। सम्मानसँगै यो परिवारले नेपाली साहसिक पर्यटन क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

  • Jigyasanepal

थप