देशभर मौसम बद्लिँदै: आज पनि वर्षा, हुरी र हिमपातको उच्च सम्भावना

– कुन क्षेत्रमा बढी सतर्कता आवश्यक?

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

काठमाडौं, जेठ ६ – देशको मौसम फेरि उग्र बन्दैछ। आज (मंगलबार) दिउँसोदेखि रातिसम्म देशभर विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा, कतै-कतै हुरी र हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

किन भइरहेको छ यस्तो मौसम परिवर्तन?
पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर आकाश धमिलो र मौसम अस्थिर बनेको हो।

दिउँसोको अवस्था
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोसी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का वर्षा वा हिमपातको संभावना छ।
कोसी र मधेस प्रदेशका तराई क्षेत्रमा हुरीसमेत चल्न सक्ने चेतावनी दिइएको छ।

रातिको अवस्था
आज राति पनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना कायम नै रहनेछ।
यसबाहेक अन्य स्थानहरूमा आंशिक बदली देखि सामान्य सफा मौसम रहने प्रक्षेपण गरिएको छ।

वर्षाको मापन कति हुन्छ?

  • हल्का वर्षा: १० मि.मि.भन्दा कम
  • मध्यम वर्षा: १०–५० मि.मि.
  • भारी वर्षा: ५०–१०० मि.मि.
  • धेरै भारी वर्षा: १००–२०० मि.मि.
  • अति भारी वर्षा: २०० मि.मि.भन्दा बढी

‘केही स्थान’ भनेको के हो?

  • एक-दुई स्थान: २५%भन्दा कम
  • थोरै स्थान: २५–३०%
  • केही स्थान: ५०% सम्म भूभागमा वर्षा हुने संकेत हो।

सावधानी अपनाऔं!
कृषक, पर्यटक, यात्रु तथा पर्वतीय क्षेत्रमा जान चाहने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

  • Jigyasanepal

थप