Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

काभ्रेको बीपी राजमार्गमा कार–बस ठोक्किँदा दुई घाइते

  •   १० महिना अघि | १ मंसिर २०८२, सोमवार

काभ्रे, नमोबुद्ध– बीपी राजमार्गमा आज दिउँसो भएको गंभीर सवारी दुर्घटनामा दुईजनालाई चोट लागेको छ। मिति २०८२ मंसिर १ गते दिउँसो १२:२० बजे, काभ्रे नमोबुद्ध नगरपालिका–२ बेला नजिक धुलिखेलबाट भकुण्डेबेशी तर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २०४४ नम्बरको EV कार अनियन्त्रित भई बा ४ ख ८२४० नम्बरको यात्रुबाहक बससँग ठोक्किँदा दुर्घटना भएको हो।

प्राप्त जानकारी अनुसार कारको टाइरेट अचानक भाँचिँदा सवारी अनियन्त्रित हुँदै सो कारले विपरीत दिशाबाट आउँदै गरेको बसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनापछि कार घटनास्थलमै क्षतिग्रस्त अवस्थामा फसेको छ भने बसमा सामान्य क्षति पुगेको छ।

दुर्घटनामा कारमा रहेका दुई जना घाइते भएका छन्। उनीहरूको परिचय यसप्रकार छः

घाइतेहरूको विवरण

१) कार चालक

नाम : सल बहादुर धिमाल

उमेर : ४१ वर्ष

ठेगाना : मोरङ, बेलवारी नगरपालिका–१

अवस्था : दुबै हात–खुट्टामा चोट, अवस्था मध्यम

२) कारमा सवार

नाम : सुनिल कुमार महत्तो

उमेर : २२ वर्ष

ठेगाना : सिराहा, सुखिपुर नगरपालिका–१०

अवस्था : टाउकोमा चोट, दाहिने हातको कुममा भित्री चोट, बोल्न सक्ने अवस्थाका

दुर्घनाग्रस्त दुबै जनालाई तुरुन्तै उद्धार गरी धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

यात्रुबाहक बसका चालक उदय बहादुर मगर (उमेर ३९, घर रामेछाप मन्थली–७, हाल बसोबास भक्तपुर चागुनारायण) लाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।

मनसुनपछिको यात्रु चाप बढिरहेका बेला बीपी राजमार्गमा लगातार साना–ठूला दुर्घटनाहरू भइरहेको भन्दै प्रहरी प्रशासनले सावधानी अपनाउन चालकलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप