Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

ललितपुरमा मिनी ट्रक भीषण दुर्घटना: ४ को मृत्यु, एक मृतकको सनाखत अझै खुल्न सकेन

  •   ७ महिना अघि | २ फाल्गुन २०८२, शनिबार

काठमाडौँ

फागुन २, २०८२ शनिबार |

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति भएको मिनी ट्रक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये एक पुरुषको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

गएराति करिब ९ बजे लेलेबाट ईँटा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटना स्थल कोन्ज्योसोम इलाका प्रहरी कार्यालयबाट करिब ९ किलोमिटर दक्षिणमा पर्छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा परी ट्रक चालक गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर घाइते भएका काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ निवासी ५५ वर्षीय गोपी कार्कीको उपचारका क्रममा गएराति पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउने अर्का एक पुरुषको अझै सनाखत हुन सकेको छैन। मृतक चारै जना कामदार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट प्रहरी वरिष्ठ नायव निरीक्षक कान्छामान तामाङको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायव उपरीक्षक शिला थापाको नेतृत्वमा ११ जनाको टोली खटिएर उद्धार कार्य सम्पन्न गरिएको एसपी मिश्रले जानकारी दिए।

हाल दुर्घटनाग्रस्त मिनी ट्रक घटनास्थलमै रहेको छ। मृतक चारै जनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • Jigyasanepal

थप