अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा ३५ वर्षीय तिलक रेश्मीको शव जिकैको भिरपाखोमा मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, मृतकको हत्या अभियोगमा शितगंगा नगरपालिका-६ निवासी ५३ वर्षीय झन्द्रबहादुर गाहालाई पक्राउ गरिएको छ।
प्रारम्भिक अनुसन्धानले देखाएको छ कि सोमबार साँझ दुबै जना मादक पदार्थ सेवन गरिरहेका बेला झगडा भएको थियो, जसले राति १ बजेतिर घटनालाई हिंसात्मक बनाएको प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए। गाहामाथि आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको छ भने जिल्ला अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धानलाई अगाडि बढाइएको जानकारी प्रहरीले दिएकोछ।
- Jigyasa media