Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सोलुखुम्बु अपडेट: बाढीले खुम्बु र तल्लो सोलुको तटीय क्षेत्रलाई विनाशकारी क्षति पुर्यायो

  •   २ वर्ष अघि | १ भदौ २०८१, शनिबार

सोलुखुम्बु ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रलाई व्यापक क्षति पुर्याएको छ। शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीले खुम्बु र तल्लो सोलुका नदी किनारका क्षेत्रहरूमा कटान जारी रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार, बाढीका कारण खोलामा पानीको मात्रा केही कम भए पनि कटान भने रोकिएको छैन।


बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्य चौकी, र विद्यालय बगाएको छ। साथै, स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रूपमा ध्वस्त भएको छ। खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चेसम्मको क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान भएको छ। उद्धार कार्यमा नेपाली सेना र नेपाल प्रहरी परिचालित छन्, जसले थामेबाट ९३ जनालाई उद्धार गरी आर्मी क्याम्पमा राखेको छ, भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रलाई पनि असर पुर्याएको छ, जसका कारण माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको छ। भोटेकोसी हुँदै दूधकोसीमा मिसिएको बाढीले सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुर्याएको छ, जसका कारण सल्लेरीबाट खुम्बु जाने सिधा सडक सञ्जाल अवरुद्ध भएको छ।


खुम्बु क्षेत्रबाट आएको बाढीको कारण हिमताल फुट्न सक्ने आशंका गरिएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले कुन हिमताल फुटेको हो भन्ने अझै पत्ता लागेको छैन भनेका छन्। बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि रक्षामन्त्री मानवीर राईसहित विपद् व्यवस्थापन समितिको टोली आज आउने जानकारी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले दिएका छन्।

  • Jigyasa media

थप