Breaking News
श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||    

तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, हजारौं घरमा क्षति

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

२३ पुस, काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ५३ जनाको ज्यान गएको छ। भूकम्पका कारण एक हजारभन्दा धेरै घरमा क्षति पुगेको जनाइएको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार, भूकम्प ६.८ म्याग्निच्युडको थियो। यस भूकम्पमा परेर ६३ जना घाइते भएका छन्। घटनाले व्यापक जनधनको क्षति गराएको बीबीसीले जनाएको छ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान ६:५० (नेपाली समय) मा तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंसहित नेपालको विभिन्न स्थानमा महसुस गरिएको थियो। तर, नेपालमा हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

यस विनाशकारी घटनाले तिब्बत क्षेत्रका बासिन्दाको जीवनमा गहिरो प्रभाव पार्न सकेको छ। उद्दार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको छ।




  • Jigyasa media

थप