आज शनिबार यी चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

  •   १ वर्ष अघि | १३ बैशाख २०८२, शनिबार

काठमाडौं, वैशाख १३ –आज शनिबार देशका केही पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभाग भने मुख्यतया सफा रहने बताइएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानहरूमा, र कोशी प्रदेशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

आज शनिबार राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली, बाँकी भूभागहरूमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

  • Jigyasanepal

थप