Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

भ्यालेन्टाइन डे: प्रेमको सन्देश बोकेको इतिहासको किम्बदन्ती

  •   २ वर्ष अघि | २ फाल्गुन २०८१, शुक्रबार

फागुन २, २०८१ | शुक्रबार आजको दिन संसारभरि प्रेमको उत्सव मनाइँदैछ। कार्ड, फूल, चकलेट, अनि मायाका गहना साटासाट गर्दै प्रेमी-प्रेमिकाले एकअर्कालाई भ्यालेन्टाइन डे को शुभकामना दिइरहेका छन्। तर, वास्तवमा यो दिनको जड कहाँ गाडिएको छ? भ्यालेन्टाइन को थिए? किन यो दिनलाई प्रेम दिवसका रूपमा मनाइन्छ?

राजाको आदेश र भ्यालेन्टाइनको विद्रोह

तीसरी शताब्दीको रोमन साम्राज्य। राजा क्लाउडियस द्वितीयले एउटा अजबको फरमान जारी गरे— सैनिकहरूले विवाह गर्न नपाउने! कारण के थियो भने, विवाहित पुरुषहरू आफ्नो परिवारलाई धेरै माया गर्छन्, जसले गर्दा उनीहरू युद्धभूमिमा समर्पित हुन सक्दैनन्। तर, यो आदेशलाई चुनौती दिने कोही थिए भने, उनी थिए— सन्त भ्यालेन्टाइन।

सैनिकहरूको प्रेम र विवाहको अधिकार खोसिनु अनुचित ठानेर भ्यालेन्टाइनले गोप्य रूपमा प्रेमी-प्रेमिकाहरूको विवाह गराइरहे। जब यो कुरा राजासम्म पुग्यो, उनलाई देशद्रोही घोषणा गर्दै फ्रेब्रुअरी १४ का दिन मृत्युदण्ड सुनाइयो।

भ्यालेन्टाइनको अन्तिम सन्देश

प्राणदण्ड पाउनुअघि भ्यालेन्टाइनले आफ्नी प्रेमिकालाई एउटा चिठी लेखे, जसको अन्तिम शब्द थियो— "तिम्रो भ्यालेन्टाइन"। यही शब्द अहिले प्रेम प्रस्तावको प्रतीक बनेको छ।

मृत्युपछि जन्मिएको प्रेमको प्रतिक

रोमको प्राक्सेडिज चर्च नजिकै भ्यालेन्टाइनको अन्तिम संस्कार गरियो। किम्बदन्तीअनुसार, उनकी प्रेमिकाले चिहानछेउ अल्मोन्डको बोट रोपिन्, जसलाई आज पनि प्रेमको अमर प्रतीक मानिन्छ।

विश्वव्यापी प्रेम उत्सव

आज भ्यालेन्टाइन डे केवल पश्चिमी देशहरूमा मात्र होइन, संसारभर फैलिएको छ। बेलायत, अमेरिका, क्यानडा, मेक्सिको, फ्रान्स, अष्ट्रेलिया हुँदै नेपालसम्म पनि प्रेम दिवसका रूपमा मनाइन्छ।

माया अमर छ

सन्त भ्यालेन्टाइनले प्रेमका लागि प्राण दिनु पर्‍यो, तर उनी प्रेमको इतिहासमा अमर भए। आज जब कुनै प्रेमी-प्रेमिकाले एकअर्कालाई "तिम्रो भ्यालेन्टाइन" भन्छन्, उनीहरू नजानेरै एउटा इतिहासलाई दोहोर्‍याइरहेका हुन्छन्— एक त्यस्तो इतिहास, जसले प्रेमलाई बलिदान, समर्पण र अमरत्वको दर्जा दिएको छ।


  • Jigyasa media

थप