Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

त्रिभुवन विमानस्थलमा सुन तस्करीको प्रयास, अष्ट्रेलियन नागरिकसहित दुई पक्राउ

  •   २ वर्ष अघि | १८ माघ २०८१, शुक्रबार

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका–७ निवासी ४० वर्षीय प्रमोद शर्मा रहेका छन्।

प्रहरीका अनुसार उनीहरू ११ ग्राम ६६० मिलिग्राम सुनसहित समातिएका हुन्। मलेसियन एयरलाइन्सको उडानबाट काठमाडौं आएका पराजुलीले विमानस्थलको शौचालयमा सुन राखेका थिए, जुन शर्मा संकलन गर्न खोज्दा पक्राउ परेका हुन्।

सुन औंठीको रूपमा ल्याइएको थियो, जसलाई भन्सार छल्दै लैजाने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।

#GoldSmuggling #TIA #NepalPolice

  • Jigyasa media

थप