Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

शिर मेमोरियल अस्पतालमा सुत्केरी आमाको मृत्युपछि विवाद

आफन्त र अस्पताल पक्षबीच बार्ता जारी

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

काभ्रेपलाञ्चोक, बनेपा (जिज्ञासा नेपाल) — मिति २०८१ श्रावण ९ गते, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३, नालामा बस्ने बिकाश सुन्दाशकी श्रीमती, ३२ वर्षीया इश्वरी सुन्दाश डेलिभरीका लागि शिर मेमोरियल अस्पताल, बनेपा, नगरपालिका-५ मा भर्ना भएकी थिइन्। श्रावण ११ गते दिउँसो अन्दाजी १२:२५ बजे, इश्वरीले सामान्य डेलिभरीमार्फत छोराको जन्म दिइन्।


जन्मपछि इश्वरीको स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई रगत जस्तो तरल पदार्थ बग्न नरोकेपछि अस्पतालले पाठेघरको शल्यक्रिया गरेर आई.सी.यु.मा राखेको थियो। तर, इश्वरीको स्वास्थ्य अवस्थामा सुधार नआउँदा साँझ २३:१५ बजे उनका ३०-४० जना आफन्तहरू अस्पतालमा जम्मा भई डाक्टरको लापरबाहीको आरोप लगाउँदै हुलहुज्जत गरे। यो क्रममा आई.सी.यु.मा जाने ढोकाको सिसा फुटेको थियो।


घटनाको जानकारी प्राप्त हुनासाथ, अस्पतालमा खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो र आक्रोशित आफन्तहरुलाई सम्झाउने प्रयास गर्यो। साँझ २३:५५ बजे डाक्टरले इश्वरी सुन्दाशलाई मृत घोषणा गरेपछि, अस्पताल प्रशासन र पीडितका आफन्तहरु छलफलमा बसेका थिए। थप छलफलका लागि मिति २०८१ श्रावण १२ गते बिहान पुन: वार्तामा बस्ने निर्णय गर्दै ०३:०० बजे जम्मा भएका मानिसहरू तितरबितर भएका थिए। 


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने अस्पताल प्रशासन र पीडित परिवारबीच वार्ता जारी छ।  पछिल्लो समय अस्पतालमा सुत्केरी आमाको र शिशुको मृत्यु धुलिखेल अस्पतालमा समेत भएको थियो । 

(तपाईंको सुझाव, प्रश्न र प्रतिक्रिया हामीलाई पठाउन नबिर्सनुहोस्।)

  • Mr. Admin

थप