मेरो मन खुसीले उफ्रन्छ

  •   २ महिना अघि | २१ साउन २०८३, बिहिबार

              ✍️  विलियम वर्डस्वर्थ


मेरो मन खुसीले उफ्रन्छ

जब म आकासको छातीमा इन्द्रेणी देख्छु ;

जीवनको प्रारम्भिककालमा पनि यस्तै अनुभूति हुन्थ्यो ;

अहिले वयस्क हुँदा पनि मलाई यस्तै अनुभूति भइरहेको छ ;

म बृद्ध हुँदा पनि यस्तै नै भइरहोस् ,

अन्यथा मलाई मर्न देऊ !

बालक नै वयस्कको पिता हो ;

र, म चाहन्छु मेरा दिनहरू

एकसँग अर्को बाँधिउन् परब्रह्मको सूत्रबाट ।

  • Jigyasanepal

थप