Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

सङ्खुवासभा ।

सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर खाँदबारी नगरपालिका–८ बिष्णेधाराका १९ वर्षीय चालक किरण श्रेष्ठ र १७ वर्षीय सहचालक उदित श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएका छन्।

प्रदेश नं. १–०२–००३ त १४३७ नम्बरको ट्याक्टर बरुण दोभानबाट खाँदबारीतर्फ जाँदै गर्दा समटार भन्ने स्थानमा भीरबाट करिब ३०० मिटर तल खसेको थियो। ट्याक्टर खाली थियो र तीव्र मोडको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीले मृतकको शव निकाल्ने कार्य जारी राखेको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइने तयारी भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताएकाछन्।


  • Jigyasa media

थप