Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

पत्रकार शुभराज अधिकारी ‘उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार’बाट सम्मानित

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

काभ्रे । नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकद्वारा स्थापित "उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार" यस वर्ष काभ्रे जिल्लाबाट प्रकाशित पलान्चोक साप्ताहिकका प्रधान सम्पादक शुभराज अधिकारीलाई प्रदान गरिएको छ।

बेथानचोक–१, च्याम्रांगबेंसीस्थित श्री भैरव मावि, झिङ्गेमा आयोजित एक समारोहमा अधिकारीलाई  आज सम्मान गरिएको हो। दिवंगत उर्मिला सापकोटाको परिवारको उपस्थितिमा प्रेस युनियन काभ्रेले नगदसहित अधिकारीलाई उक्त सम्मान प्रदान गरेको हो।


पुरस्कारस्वरूप प्राप्त रु. ५,५५५ मा अधिकारीले थप रकम जोड्दै रु. ११,१११ विद्यालयलाई सहयोगस्वरूप प्रदान गरेका छन्। यस समाजसेवी कार्यका लागि अधिकारीप्रति स्कूलले आभार प्रकट गरेको छ।

नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले यस पुरस्कार पत्रकारितामा डाँडापारी भेगका समाचार मार्फत विशेष खोज गर्ने उल्लेखनीय योगदान गर्ने पत्रकारहरूलाई हरेक वर्ष प्रदान गर्दै आएको छ।


  • Jigyasa media

थप