Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

पारिवारिक हिंसा : श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

रोल्पा, फागुन १३ – रोल्पाको त्रिवेणी गाउँपालिका–६, थुम्कामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ। मंगलबार बिहान ४० वर्षीय खिमबहादुर बुढामगरले आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरको हत्या गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अस्मिता घटनास्थलमै मृत फेला परेकी थिइन्। प्रहरी चौकी जुगारमा खबर पुगेपछि प्रहरी नायब निरीक्षक दिवश हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी चौकी होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापति नेतृत्वको टोली पनि परिचालित भएको छ।

हत्या आरोपी खिमबहादुरलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनले श्रीमतीलाई पटक–पटक कुटपिट गर्ने गरेको गाउँलेहरूले बताएका छन्। घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।


घरेलु हिंसाविरुद्ध आवाज उठाऔं! जिज्ञासा नेपालसँग जोडिनुहोस्।

#DomesticViolence #JigyasaNepal #CrimeNews #Rolpa


  • Jigyasa media

थप