Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

कोशी, गण्डकी र कर्णालीका केही स्थानमा वर्षाको सम्भावना

  •   २ वर्ष अघि | २६ फाल्गुन २०८१, सोमवार

काठमाडौं – आज देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ, जसका कारण कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य स्थानको मौसम सामान्य रूपमा सफा रहेको छ।

आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद्हरूले बदलिँदो मौसमका कारण यात्रा गर्ने तथा बाहिरी गतिविधिमा संलग्न व्यक्तिहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।


  • Jigyasa media

थप