Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बझाङमा समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रम

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार


बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको आयोजनामा समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

विहिवार एक कार्यक्रमका विच जिल्ला समन्य समितीको सभाहलमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत वहादुर शाहको अध्यक्षतामा समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रम सम्मपन्न भएको होे ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल समुदाय प्रहरी साझेदारी समुदाएका स्थानिय र प्रहरी विच एक आपसका कुरा सुन्ने र सुनाउने कार्यक्रम भएकाले यो कार्यक्रम प्रभावकारी हुने, र समाज रुपान्तरणका निम्ति प्रहरी समुदाय विच आपसमा सहकार्य गरी सुरक्षित समाज निर्माणका लागी लाग्नुपर्ने र हाम्रो समाजमा शान्ति सुरक्षाका लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध वलियो हुनुपर्नेे बताए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै प्रहरी प्रमुख शाहले भने सुरक्षित समाज निर्माणका निम्ति आगामी दिनहरुमा सरोकारवालाहरु सँग मिलेर समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी वनाउन समुदाय सँग सहकार्य, गरी,समाजमा अवैध रुपमा रहेको घरेलु मदिरो बिक्री वितरण,छोटो दुरीमा चल्ने यातायातमा मनोमानी रुपमा लिने भाडादर, बजार अनुगमन लगाएत समुदाय सँग प्रतक्ष प्रभाव पर्ने कुराहरुमा आफुले वढी ध्यान दिने र आफु जिल्लामा आएपछी उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत र गल गर्ने प्रहरीलाई दण्डीत गरेको र आफु भुकम्प वाढी पहिरो लगाएत जिल्लाका हरेक कृयाकलापमा प्रहरी नै अगाडी पुग्ने भएकाले समुदाय स्थरमा प्रहरी मेरो साथी प्रभावकारी भएको र समुदायले समेत प्रहरीप्रति विश्वास हुदै गएकाले अब समाजमा गलत काम गर्नेहरु लुकेर बस्न नसक्ने समेत बताए ।

कार्यक्रममा जिल्ला समन्य समितीका उपाध्यक्ष कृष्ण वहादुर विष्ट जयपृथ्वी नगरपालिका का नगर प्रमुख चेतराज वजाल नगर उपप्रमुख रतन वहादुर सिह लगाएत सरोकार ालाहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।

  • Jigyasa media

थप