सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ। मृतकहरूमा ४२ वर्षीय लालबहादुर परियार, उनकी ३४ वर्षीया पत्नी मनिसा परियार, र उनीहरूका दुई वर्षीय छोरा शिवम परियार रहेका छन्।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, यो परिवार भूकम्प पीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्दै आएको थियो। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको छ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा एक प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। स्थानीय प्रशासनले थप जानकारी संकलन गर्ने काम जारी राखेको छ।
-
Jigyasanepal