Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

खानिखोलामा चिरपट र चुप्पि आक्रमण: आमा सहित नगर प्रहरी घाइते

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

काभ्रे, फागुन १८ – काभ्रेको खानिखोला गाउँपालिकामा मदिरा सेवनपछि उग्र बनेका एक युवकले आफ्नै आमासहित नगर प्रहरीलाई आक्रमण गरेका छन्।

खानिखोला गाउँपालिका-५ बस्ने २८ वर्षीय विकास भुजेलले मादक पदार्थ सेवन गरी आफ्नी ५० वर्षीया आमा सुनमाया भुजेललाई चिरपटले टाउकोमा हानेर गम्भीर घाइते बनाएका छन्। कानमाथि गहिरो चोट लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र तालढुंगामा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था मध्यम छ।

त्यसपछि भुजेलले गाउँपालिकाको गेटअगाडि खटिएका नगर प्रहरी पाल्साङ लामामाथि चुप्पि प्रहार गरेका थिए। ३० वर्षीय लामाको छाती र ढाडको बायाँपट्टी गम्भीर चोट लागेको छ, जसको उपचारका लागि उनलाई धुलिखेल अस्पताल पठाइएको छ।

आक्रमण गर्ने भुजेललाई चुप्पिसहित नियन्त्रणमा लिइएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप