Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

अधिकांश स्थानमा मौसम खुल्ने, केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

काठमाडौं – देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो अधिकांश भागमा मौसम खुल्नेछ भने पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहन सक्छ। केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम सामान्य रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा पनि पश्चिमी क्षेत्रमा आंशिक बदली रहने भए पनि अधिकांश भागमा मौसम खुल्ने महाशाखाले जनाएको छ। हिमपातका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


  • Jigyasa media

थप