Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

गैरकानुनी रूपमा बसेका थप चार नेपाली दक्षिण कोरियाबाट निष्काशित

  •   २ वर्ष अघि | ३ फाल्गुन २०८१, शनिबार

काठमाडौं – दक्षिण कोरियाले गैरकानुनी रूपमा बसोबास गरिरहेका थप चार जना नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। अध्यागमन विभागको निगरानीपछि उनीहरू पक्राउ परी नेपाल फिर्ता पठाइएको हो।

अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक, मगर, इसार र घिसिङ थरका एक/एक जना नेपाली रहेका छन्। उनीहरू यसै साता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फिर्ता भएका हुन्।

कोरियामा गैरकानुनी बसोबास गर्ने नेपाली निशानामा

दक्षिण कोरियाले पछिल्लो समय अवैध रूपमा बसोबास गर्ने विदेशीहरूमाथि निगरानी तीव्र बनाएको छ। अध्यागमन प्रहरीले कागजात नभएका आप्रवासीहरूमाथि कडाइ गर्दै त्यस्ता श्रमिकहरूलाई रोजगारी दिने कम्पनीहरूमाथि समेत कारबाही गरिरहेको छ।

सिओलमा लामो समयदेखि बस्दै आएका एक नेपाली भन्छन्,

"कोरियामा अध्यागमन प्रहरीको कडाइ बढ्दै गएको छ। भिसाको म्याद सकिएर काम गरिरहेका आप्रवासीलाई पक्राउ गरी फिर्ता पठाइरहेको छ।"

दलालको प्रलोभनमा नेपालीको जोखिमपूर्ण यात्रा

इपीएस प्रणालीबाहेक आकर्षक तलब र भाषा परीक्षा बिना नै कोरिया जान खोज्ने धेरै नेपालीहरू दलालहरूको जालमा फस्ने गरेका छन्। यही कारण पछिल्ला दुई महिनामा मात्र १५ भन्दा बढी नेपालीलाई दक्षिण कोरियाले निष्काशन गरिसकेको छ।

सुरक्षित आप्रवासन र कानुनी प्रक्रियामार्फत मात्र विदेश जान विज्ञहरूले सल्लाह दिँदै आएका छन्। गैरकानुनी रूपमा काम गरिरहेका नेपालीहरू कुनै पनि बेला पक्राउ परी स्वदेश फिर्ता गरिन सक्ने जोखिम बढ्दो छ।


  • Jigyasa media

थप