Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

युवा नेता रोशन पाण्डेद्वारा विद्यालयलाई खेल सामग्री सहयोग

खेल सामग्रीले उत्साह थप्दै

  •   २ वर्ष अघि | १४ माघ २०८१, सोमवार

काभ्रे। नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन राज पाण्डेले युवाहरूमाझ खेलकुदको महत्वलाई प्रोत्साहन गर्दै नमोबुद्ध नगरपालिका वडा नं. ४ स्थित संसारीदेवी सामुदायिक विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरेका छन्।


विद्यालयका विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न नेता पाण्डेले २ थान फुटबल, २ थान भलिबल, एक सेट बास्केटबल, १ थान क्रिकेट सेट, ब्याडमिन्टनका साथै केही थान स्किपिङ र २ थान क्यारेमबोर्ड हस्तान्तरण गरेका हुन्। खेलकुद सामाग्रीसँगै शैक्षिक क्रियाकलापका लागि आवश्यक स्टेशनरी सामग्री पनि विद्यालयलाई प्रदान गरिएको छ।


हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले सहयोगका लागि नेता पाण्डेप्रति आभार व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको मानसिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।


युवा पुस्तालाई खेलकुदमा सक्रिय बनाउनुपर्नेमा जोड दिँदै नेता पाण्डेले भने, “खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो शारीरिक र मानसिक स्वास्थ्यको मुख्य आधार पनि हो। विद्यालयका विद्यार्थीहरूलाई थप उत्साहित बनाउन सक्नु नै हाम्रो प्रमुख उद्देश्य हो।”

यस सहयोगबाट विद्यालयका विद्यार्थीहरूमा उत्साह थपिएको छ। उनीहरूले पाएका खेल सामग्रीको माध्यमबाट आफ्ना प्रतिभा प्रदर्शन गर्न थप अवसर पाउने छन्। स्थानीय तहका अन्य विद्यालयहरूमा पनि यस्तै खालका कार्यक्रमले खेलकुदको प्रवर्द्धन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

यो कार्यले विद्यालयको अतिरिक्त क्रियाकलापमा मात्र नभई समग्र क्षेत्रमा खेलकुदप्रति सकारात्मक माहोल सिर्जना गरेको छ। स्थानीय बासिन्दा र अभिभावकहरूले पनि युवा पुस्ताको क्षमता उजागर गर्न यस्ता प्रयासहरूको प्रशंसा गरेका छन्।



  • Jigyasa media

थप