Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

टोखामा २० करोड नगदसहित ट्रक चालक पक्राउ

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा ठूलो मात्रामा नगदसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार बरामद रकम २० करोडभन्दा बढी रहेको बताइएको छ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा हुन्। उनलाई ना१ख १६५२ नम्बरको ट्रकसहित नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुमान २० करोडभन्दा बढी

ट्रकबाट ठूलो परिमाणमा रकम बरामद भएको र हाल गन्ती भइरहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार कति रकम रहेको ठ्याक्कै खुलिनसके पनि प्रारम्भिक अनुमानमा २० करोडभन्दा बढी हुन सक्ने आँकलन गरिएको छ।

पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी

घटनाको विस्तृत विवरण सार्वजनिक गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो १:३० बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।

टोखा नगरपालिका–१, झोर क्षेत्रबाट सो नगदसहित चालक लामालाई सोमबार राति पक्राउ गरिएको हो। अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप