Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

कमलपोखरीको मःम पसलमा आगलागी: दुईजनाको मृत्यु, नौ घाइतेको उपचार जारी

  •   २ वर्ष अघि | २९ माघ २०८१, मङ्लबार

काठमाडौं – काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा भएको आगलागीमा घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, गए राति (माघ २८) कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको निधन भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, सोही आगलागीमा परी अन्य नौ जना घाइते भएका छन्, जसको हाल अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, ग्यास चुहावटका कारण आगलागी भएको अनुमान गरिएको छ। घटनाको विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप