Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

  •   ११ महिना अघि | २४ असोज २०८२, शुक्रबार

घाइतेहरूको उद्धार गरिँदै

हुम्लाको चंखेली गाउँपालिका-४ को देसीखोला गोठ्यानामा आज (शुक्रबार) बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

हुम्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान करिब ११ बजे चंखेली गाउँपालिका-६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको हो। 

दुर्घटनामा चंखेली गाउँपालिका-६ का वसन्ती बुढा, उनका छोरा र सोही वडाका मानवीर बुढाको मृत्यु भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिइन्। 

शाहीका अनुसार कैलाश सिरा, बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र विमला बुढा घाइते भएका छन्। 

हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले दुर्घटनमा परेको जिपमा १२ जना यात्रु रहेको खुलेको बताए। 

गम्भीर घाइते पाँच जनालाई सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरमा हालेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाउन लागिएको उनले बताए।

अन्य घाइतेहरूको उपचार भने स्थानीय प्रथामिक स्वास्थ्यचौकीमा भइरहेको बताइएको छ।

जिप सडकबाट ३ सय मिटर तल खसेको छ।

  • Jigyasanepal

थप