Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

हतियार लुट्ने र हिरासतबाट भागेका युवकहरू ब्राउन सुगरसहित पक्राउ

अपराध र नशा एकै थैलीमा!

  •   ११ महिना अघि | २६ असोज २०८२, आइतवार

झापा  । झापामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट फरार भएका दुई युवक लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। शनिबार साँझ ५ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा प्रहरीले ८ जनालाई समातेको हो।

पक्राउ पर्नेहरूमध्ये दमक–३ का १८ वर्षीय आदित्य लिम्बू र मोरङ मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल क्रमशः हतियार लुटपाट र हिरासत फरार घटनामा संलग्न रहेका व्यक्तिहरू हुन्।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सेक्टर ए–३, हट नं. ३५३ बस्ने साजन थापाको घरमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा छापा मारेको थियो। तलासीका क्रममा चस्माको खोलभित्र लुकाइएको ७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको परिचय यस प्रकार छः

साजन थापा (२७ वर्ष, बेलडाँगी, झापा)

दीपेश तामाङ (३२ वर्ष, चुलाचुली–३, इलाम)

सनम राई (३२ वर्ष, चुलाचुली–३, इलाम)

पविन विश्वकर्मा (१९ वर्ष, दमक–३, झापा)

सुचन दर्जी (२५ वर्ष, दमक–३, झापा)

विजय माझी (२५ वर्ष, सेक्टर बी–२, हट नं.१९१–१९२, बेलडाँगी)

निश्चल पोर्तेल (२० वर्ष, मिक्लाजुङ–८, मोरङ)

आदित्य लिम्बू (१८ वर्ष, दमक–३, झापा)

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काका अनुसार पक्राउ परेका आदित्य लिम्बू जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने घटनामा संलग्न थिए। त्यस्तै, निश्चल पोर्तेल भने मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेको अवस्थामा जेनजी आन्दोलनकै बेला हिरासतबाट फरार भएका थिए।

प्रहरीले सबै पक्राउ परेकामाथि लागूऔषध मुद्दा र फरार अपराधी पुनः गिरफ्तारी सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ब्राउन सुगरसहित पक्राउ परेका यी युवकहरू पुनः अपराधको सञ्जालमा सक्रिय रहेको देखिँदा, प्रहरीले यसलाई ठूलो अपराधी सञ्जालको सुरागका रूपमा लिएको छ।


  • Jigyasanepal

थप