Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

झडप अपडेट: गम्भीर घाइते विजय धवलको उपचारका क्रममा मृत्यु

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

नवलपरासी ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३, बेलासपुर मा मंगलबार भएको झडपमा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

विवाहको विषयलाई लिएर भएको विवाद झडपमा परिणत हुँदा ३५ वर्षीय विजय धवल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भैरहवा सिटी अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक नारायण थापाले जानकारी दिए।

झडपमा २० जना घाइते भएका छन्, जसमा सर्वसाधारणसहित १२ जना प्रहरी र ४ जना सशस्त्र प्रहरी रहेको बताइएको छ। स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले हवाइ फायर समेत गर्नुपरेको थियो। झडप रोक्न २ घण्टा लागेको प्रहरी स्रोतले जनाएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप